माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइयो

|

फाल्गुण ०४, डेस्क। निषेधित क्षेत्र हटाउन माग गर्दै माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइएको छ।

आरती साहको न्यायका लागि आन्दोलनमा रहेका आरतीका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत तीन जनाले माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर जलाएका हुन्।

त्यस क्रममा उनीहरुले निषेधाज्ञा खारेज गर, आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावाद लगायतका नारा लगाएका थिए। तर आज बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लगेको थियो। उनीहरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्नामा रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो। त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिकाको बाहिर बसिरहेका थिए।

तस्बिरहरु…

चर्चित समाचार


भर्खरै प्रकाशित