बसको ठक्करबाट एक जना पुरुषको मृत्यु

|

माघ १३, डेस्क । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले शनिबार बिहान ४ बजे चन्द्रपुर ५ का बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

यस घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित