काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्य तथा नागरिकहरूसँग समसामयिक विषय, नीति निर्माण र नेतृत्वका विषयमा छलफल गरेका थिए।
छलफलमा नागरिकका अपेक्षा, सार्वजनिक सेवा तथा सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको थियो।





