रास्वपालाई गगनको बधाई

|

चैत्र १०, डेस्क। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावबाट सुविधाजनक ढंगले ५ वर्षका लागि सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त गरेको छ, त्यसका लागि उहाँहरूलाई म बधाई दिन चाहन्छु, थापाले भने ।

उनले संविधानको मर्म र नौजवानहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।

‘संविधानको मर्म र भावना तथा युवाहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्नुहुन्छ भन्ने सुभेक्षा प्रकट गर्दछु,’ उनले अगाडि भने ।

राम्रा काममा समर्थन र गलत काममा प्रश्न गर्ने रचनात्मक भूमिका आफूहरूले निर्वाह गर्ने उनले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित