पिपरामा बाल कचहरी कार्यक्रम सम्पन्न, पालिकामाथि प्रश्नै प्रश्न

|

मंसिर २४, महोत्तरी / साजन कुमार। महोत्तरीमा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ।

महोत्तरीको पिपरा गाउँपालिकामा सेभ द चिल्ड्रेन र रतौली युवा क्लवको सहयोगमा सञ्चालित ‘समुन्नति’ परियोजना अन्तर्गत बालबालिका केन्द्रित विषयक बाल कचहरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

पिपरा गाउँपालिका ०१ को श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय एकरहियामा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथि गाउँपालिका प्रमुख रामजानकी यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता पिपरा गाउँपालिका ०१ का अध्यक्ष राजेशकुमार दासले गरेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख यादवले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने र बालबालिकाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकाले बालमैत्री नीति निर्माणमा प्राथमिकता दिने बताउनुभयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रले बालबालिकाको सहभागितालाई सशक्तिकरणको आधार ठहर गर्दै, आगामी दिनमा रतौली युवा क्लवको सहयोगमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने धारणा ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा सहभागी बालबालिकाले आफूहरूले भोगिरहेका विभिन्न समस्याहरू, सार्वजनिक सेवामा भैरहेका कमीकमजोरीहरू, स्वास्थ्य सेवाको कमीकमजोरी र बालमैत्री वातावरणको अभावजस्ता विषयमा खुलेर धारणा राखेका थिए।

बालवालिकाले उठाएका सबै प्रश्नहरु सरोकारवालाले आफुहरु सुझाव रुपमा लिएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सहजिकरण राजेश पाण्डेले गरेका थिए।

कार्यक्रममा पिपरा ०१ को विभिन्न बिधालयका प्रधानाध्यापक, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, पालिकाको विभिन्न शाखा प्रमुखहरु, क्लवको प्रतिनिधि अखिलेश झा, स्थानिय लगायतको उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित