वैशाख १९, काठमाडौं। सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका रुपममा विकास गरिने जनाएको छ।
शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने बताए। ‘रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ।’
खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उनले बताए।





