माघ २४,डेस्क। बुटवलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताएका हुन् ।
ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन्। भने मृतकको शव पोस्टमार्टमको लागि पठाएको हि।





