धनुषा : दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा चारजना घाइते

|

माघ २३, डेस्क । धनुषामा मोटरसाइकल एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार युवक घाइते भएका छन्। ज १३ प १०२९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ज ८ प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

घाइते सबैलाई उपचारको लागि लगिएको छ भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित