माघ १२,काठमाडौं। आफैँलाई गोली प्रहार गरेका कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ।
उपचारका क्रममा कैलालीको निःशर्ग अस्पतालमा शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।
माघ ९ गते बुधबार राति हतियार राखिने ठाउँमा ड्युटीमा रहेका बेला विष्टले आफ्नो टाउकोमा गोली प्रहार गरेका थिए।
गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।





