माघ १०, धनुषा। पछिल्ला छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका अनुसार यस अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको जानकारी दिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।
यस अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ।





