पुष २२,काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १७२ रनको लक्ष्य दिएको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङ्समा आर्मी ५३ ओभरमा १७५ रन बनाएर अलआउट भएको हो । यससँगै आर्मीले पुलिसलाई १७१ रन लक्ष्य दिएको छ ।
पहिलो इनिङ्समा आर्मी १२१ रनमा अलआउट भएको थियो । जबकी पुलिस आफ्नो पहिलो इनिङ्समा १२५ रनमा अलआउट हुँदा ४ रनले अग्रता लिएको थियो ।
दोस्रो इनिङ्समा सोमपाल कामीको सानदार अर्धशतकीय पारीमा आर्मीले १७५ रन बनाएको हो । कामीले १३८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८२ अविजित रन बनाए । त्रित राज दासले भने ३४ रन बनाए ।
पुलिसका लागि भने कुशल भूर्तेलले ४, गुल्शन झले ३, ललित राजवंशीले २ तथा राशिद खाले १ विकेट लिए ।






