‘पुष्पा २ द रुल’ ले रेकोर्ड माथि रेकोर्ड बनाउदै, कति गर्यो कमाई ?

|

पुस ०२, डेस्क। दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले बक्स अफिसमा रेकोर्ड माथि रेकोर्ड बनाइरहेको छ । फिल्मले धमाधम रेकर्डतोड कमाई गरिरहेको छ । रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ ।

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनिय गरेको फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ तारिकमा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् ।

एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै ‘पुष्पा २ द रुल’ फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो। यो फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो ।

सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित