झापा: पिकअप र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु

|

मंसिर १२, डेस्क। झापामा पिकअप र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ।

झापाको शिवसताक्षी नगरपालिका-१ कमलपुलस्थित सडकमा प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे.६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भने यस दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित