भाद्र ०९,डेस्क। आज पाकिस्तानमा बस दुर्घटना हुदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
पाकिस्तानको आजाद पाटन सहर, पन्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने उक्त सहर नजिकै आइतबार भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको पाकिस्तानी प्रहरीले बताएको छ।
पन्जाबको रेस्क्यु ११२२ आपत्कालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, ‘अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ।’
उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए। इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।






