भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, २५ जना घाइते

|

भाद्र ०९, डेस्क। आज बिहान भारतमा नेपाली बस दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तीर्थयात्री सवार भएको ना ७ ख ६४४६ नम्बरको बस भारतको बिहार राज्यको समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको जानकारी दिएका छन्।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिएका छन्।

सो दुर्घटनामा २५ जना तीर्थयात्री घाइते भएका छन्। भने उक्त बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारको लागि पठाईएको छ, भने यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित