तनहुँ बस दुर्घटना: १६ जनाको पोष्टमार्टम सकियो, भारतीय एयरफोर्सले चितवनबाटै शव भारत लैजाने तयारी

|

भाद्र ८,डेस्क । पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइरहेको छ ।

अहिले सम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले पोष्टमार्टम गरिरहेका छन् । दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । यहाँबाट शव लिएर माहाराष्ट्रको नासिक जाने जानकारी आएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित