जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएका बालक फरार

|

भाद्र ०४,डेस्क। विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।

जिल्ला अदालत मोरङको फैसलापछि सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनीहरुको खोजि भइरहेको प्रहरी बताएको छ ।

एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्।

दुवैजना १८ वर्ष भन्दा कम भएकाले बाल सुधार गृहमा राखिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित