चैत्र २७ , डेस्क। नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुर र दुई नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।
शीतल निवासमा सभामुख डीपी अर्यालले उपसभामुख ठाकुरलाई शपथ खुवाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगमन्त्री गौरी यादव र श्रममन्त्री रामजी यादवलाई शपथ खुवाएका हुन् ।






