एकडारामा संचालित रुपान्तरण सत्रको अनुगमन र दर्ता भएका बालबालिकाहरुको परिवारसँग छलफल

|

चैत्र ०९,महोत्तरी/इर्साद शेख। World vision international Nepal र दलित समाज उत्थान समिति (DSWCN) नेपालको साझेदारीमा संचालित Protection Community Engagement and Child Sponsorship Program अन्तर्गत एकडारा गाउँपालिकाको सम्पूर्ण वाडामा संचालन भएको रुपान्तरण सत्र अन्तर्गत आज वाड नम्बर २, बेला र वडा नम्बर ६ बगैयामा DSWCN को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुर र कर्मचारीहरुले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा संयोजक ठाकुरले किशोर किशोरिहरुको प्रस्तुति हेरेर प्रशंसा गर्दै म एकदमै प्रभावित भए तपाइहरुको प्रस्तुति देखेर र तपाइहरु भित्र ज्ञान तथा व्यबहारमा परिवर्तन भएको छ। तपाईहरुको बोल्ने शैली र तरिका उत्कृष्ट रहेको छ र अझै उचाइमा पुगोस भन्ने मेरो कामना पनि छ ।

विभिन्न उदेश्य र लक्ष्य राखी आयोजना गरिएको कार्यक्रम अन्तरगत रुपान्तरण सत्र अत्यन्तै लाभदायक रहेको देखिन्छ रुपान्तरण सत्र Peer Leader द्वारा मेरो संसार, आत्म जागरण, अधिकार र कर्तव्य, लैङ्गिकता र समाजिक समाबेशिकरण जस्ता क्रियाकलापहरु समाबेश गरि सत्र सचालन भईरहेको छ ।

सत्रमा सहभागी किशोर किशोरीहरुले हामी यो रुपान्तरण सत्रमा ब्यक्तिगत, घरायसी तथा समाजिक क्रियाकलापहरुको बारेमा धेरै कुरा सिकेका छौ, जस अन्तर्गत ब्यक्तिहरुमा हुने शारीरिक तथा मानसिक परिवर्तन, समुदायमा कसरी बोल्ने, कुन ब्यक्ति माथी कति बिश्वास गर्ने, कस्ता ब्यक्तिसंग आफ्नो गोप्य कुराहरु शेयर गर्ने, कस्तो ब्यक्तिहरुलाई साथी बनाउने जस्ता धेरै सकारात्मक कुराहरु सिकेका छौ । साथै रुपान्तरण सत्र वास्तवमा हाम्रो लागि अति नै लाभदायक रहेको छ ।

यस सत्रले हाम्रो आत्मबल निकै बलियो बनाउन सहयोगिको रुपमा रहेको छ जसले गर्दा हामीलाई जुनसुकै परिस्थितिमा बोल्न सक्षम बनाएको छ ।

दलित समाज उत्थान समिति, नेपाल (DSWCN) को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितको संयोजक सुनिल ठाकुर, कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी,
DSWCN का समाजिक परिचालक सौरभ सुमन, कर्मचारी गौतम शर्माले रुपान्तरण सत्र संचालनको अवस्था, प्रगती विवरण, समस्याहरुको बारेमा रुपान्तरण सत्र संचालन भएको स्थानहरुमा स्थलगत अनुगमन गरि किशोर किशोरीहरुसंग उनिहरुको मनोभाव बुझेका थिए ।

साथै दर्ता भएको बालबालिकाको परिवारसँग छलफल गरि उनिहरुको समस्या, गुनासो र सल्लाह सुझाव संकलन गरेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित