फाल्गुन १२, डेस्क । महाकुम्भ मेलाबाट फर्किने क्रममा भारतीय तिर्थयात्री सवार गाडी दुर्घटनामा ६ वर्षीया निर्दोष बालिका नवीनको घटनास्थलमै मृत्यु भएको छ भने परिवारका अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको गाडी आईतवार बिहान हाइवा ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । सीतामढ़ी घर भएका एकै परिवारका सदस्यहरु महाकुंभ स्नान गरेर फर्किने क्रममा भारतको त्रिदेव धर्मकांटाको नजिकमा कार एक्कासी तीव्र गतिमा रहेको हाइभा ट्रकसँग ठोक्किएपछि कार पूर्णरुपमा क्षतिग्रस्त भएको हो । दुर्घटनामा मृतक बालिका नव्या बाहेक परिवारका ५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी विशाल कुमार, विशालकी श्रीमती लालीदेवी, समर (छोरा), निम्मी (छोरी) र कुणाल कुमार (आफन्त) घाइते भएका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते सबैलाई कारबाट बाहिर निकालिएको थियो । उनिहरुलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको थियो, त्यहा उपचार सम्भब नभएपछि मोतिहारी सदर अस्पतालमा रिफर गरिएको थियो ।
घटनाको जानकारी पाउनासाथ डुमरियाघाट प्रहरी चौकीका प्रमुख प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाको सहयोगमा उनले तत्कालै घाइतेलाई अस्पताल लगेर परिवारलाई खबर गरेका थिए । यात्रुहरु सबै सीतामढीका बासिन्दा रहेको र प्रयागराजबाट नुहाएर घर फर्कदै गरेको प्रहरीले जनाएको छ ।
यस दुर्घटनाको गहिरो अनुसन्धान गरी दोषी चालकलाई कडा भन्दा कडा कारबाही गर्न परिवारले प्रशासनसँग माग गरेका छन् ।






