फाल्गुन ९ डेस्क । महाकुम्भ मेलाबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार राति ट्रयाक्टरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।
उनीहरु स्कार्पियोमा सवार भएका थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् ।
उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।






