साउदीमा सडक दुर्घटना हुँदा तीन नेपालीको मृत्यु, एक गम्भीर घाइते

|

माघ २१, डेस्क  । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ।

साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्। सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए ।

उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताएकक छन । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए ।

दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो । साथै यस घटनाबाट थप अनुसन्धान भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित