मधेश सरकार परिवर्तन हुन् सक्ने देउवाको संकेत

|

पुष २२, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश सरकारलाई कांग्रेसले सहयोग नगरेको आरोप लगाइरहँदा यता सरकार परिवर्तनको गृहकार्य भएको हो । मधेशमा अहिले जनमतबाट सतिश कुमार सिंह मुख्यमन्त्री छन् । मुख्यमन्त्री सिंहलाई सत्तारुढ दलहरुले नै असहयोग गरिरहेका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादव अब मधेश सरकारको नेतृत्व आफूहरुले गर्ने बताउँछन् । उनले सतिशको पालो सकिएको र अब कांग्रेसले नेतृत्व लिने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने मधेश सरकारको नेतृत्व एमालेले गर्ने बताए ।

कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनता समाजवादी पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी)को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ सिट रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित