पुष १२,जनकपुरधाम। नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले जनकपुरधाम नगर क्षेत्रमा ट्रफी प्रदर्शन गरेको छ।
जनकपुर बोल्ट्सका खेलाडीहरुका साथै स्थानीयहरुले ट्रफी लिएर नगर परिक्रमा गरेका हुन्।
जनकपुरधामका स्थानीय, खेलप्रेमीहरुले एनपिएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन्।
निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल, विश्वकर्माचोक, मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरमा समापनको कार्यक्रम राखिएको छ।






