पुस ०२, डेस्क । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज देखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् ।
खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल जित्ने टोली क्वालिफायर `टु´मा पुग्नेछ ।
भने दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् ।





