मंसिर २५,डेस्क। रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान बा१६च ३१६२ नम्बरको स्कारपियो दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।





