आइफोन-१६ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

|

भाद्र २५, डेस्क। एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ।

९ सेप्टेम्बर सोमबारको दिन क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको विशेष कार्यक्रममा आइफोन-१६ सिरिज सार्वजनिक गरिएको हो।

यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। कार्यक्रममा एकपछि अर्को गर्दै धेरै एप्पल उपकरणहरू सार्वजनिक गरिएको थियो। समारोहमा आइफोन-१६ सिरिजसहित एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन-१६ सिरिज सार्वजनिक गरिएको थियो । यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स) सार्वजनिक गरिएको छ ।

आइफोन-१६ मा खास के छ ?

आइफोन-१६ का विभिन्न विशेषताहरु छन् । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ।

एप्पल कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताए ।

क्यामरा

आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै टेलिफोटो लेन्स द्दह जुमको क्षमताको छ । आइफोन-१६ प्रोमा भने यो छह जुम क्षमताको छ ।

ब्याट्री

आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन-१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

कलर, डिस्प्ले र क्यापासिटी

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् ।

एक्सन बटन

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित