साउन २६,डेस्क। ब्राजिलमा विमान दुर्घटना भएको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय न्युज च्यानलहरुले उल्लेख गरेको छ।
दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो।
यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिएको छ ।
एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। परानाको कास्कभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस एयरपोर्ट जाँदै गरेको उक्त विमानको टिकट लिएका केही यात्रु भने विमान छुटेकाले बाँचेका छन् ।





