साउन ०४, डेस्क। भरतपुर महानगरपालिकाले सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।
भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च बापत दुई लाख रुपैया प्रदान गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हिजो बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।





