चार लाख घुससहित नापी कार्यालय लगनखेलका सर्वेक्षक पक्राउ

|

असार २८, डेस्क। ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार नापीका सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेललाई चार लाख घुससहित पक्राउ गरेको हो । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नापीका सर्वेक्षक यादव र  भुजेललाई चार लाख घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए । उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित