काठमाडौंबाट गौर र वीरगञ्जबट काठमाडौं जाँदै गरेको दुई वटा बस त्रिशूलीमा खस्यो, ६५ यात्रु बेपत्ता

|

असार २८, डेस्क । दुईवटा बस त्रिशूली नदीमा खस्दा ६५ यात्रु बेपत्ता भएका छन् ।

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुईवटा बस नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा बिहान साढे ३ बजेतिर लेदोसहितको पहिरो पर्दा दुबै बस त्रिशूली नदीमा खसेको हो । दुबै बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीले जनाएको छ ।

पहिरोले काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको ४१ यात्रु रहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको २४ जना यात्रू रहेको एञ्जल बस गरी दुईवटा बस त्रिशूली नदीमा बगाउदा चालकसहित ६५ जना बेपत्ता रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३,००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस खसेको हो ।

साथै यस घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित