असार २७, डेस्क । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा सात जना घाइते भएका छन ।
जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिएका छन ।
दुर्घटनाको के-कारणले भयो भने अहिले खुलेको छैन। घटनाबारे अनुसन्धान भैैइरहेको प्रहरीले जनाएको छ ।





