असार ०७, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी रहेको छ।
उक्त बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ । रास्वपा गठन भएको आज (७ असारमा) दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले शुक्रबार पार्टी कार्यालयमा चियापान आयोजना गरेको छ ।
चियापानमा विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरू, कूटनीतिक नियोग तथा पत्रकारहरूलाई आमन्त्रण गरिएको छ ।





