असार ०४, डेस्क। साउथका सुपरस्टार अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘पुष्पा २- द रूल’ को नयाँ प्रदर्शन मिति तोकिएको हो।
फिल्मको रिलिज मिति पोस्टपोन्ड भएको चर्चा भइरहेको समयमा निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे आधिकारिक जानकारी दिएका छन्।
यो फिल्म यस वर्षको अन्त्यमा अर्थात् २०२४, ६ डिसेम्बर (मंसिर २१) मा प्रदर्शन हुने भएको छ। फिल्मको प्रदर्शन मिति सार्नुको मुख्य कारण पोष्ट प्रोडक्सनको केही काम बाँकी रहेको बताइएको छ। यसैबीच अल्लु अर्जुनको नयाँ पोस्टर सार्वजनिक गर्दै ‘पुष्पा २ः द रुल’को रिलिज मिति सार्वजनिक गरिएको हो ।
यो फिल्म यसअघि अगस्ट अर्थात् जुन १५ मा रिलिज हुने भनिएको थियो ।






