दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

|

असार ०१, डेस्क। आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

चर्चित समाचार


भर्खरै प्रकाशित