डढेलो जोखिम न्यूनीकरणका लागि जिल्लामा सचेतना अभियान सम्पन्न

|

बैशाख ०९, सप्तरी / चन्दन रजक। वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा एक साताव्यापी ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सम्पन्न भएको छ। सुख्खा मौसम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने भएकाले यसको न्यूनीकरणका लागि हरेक वर्ष सचेतनामूलक अभियान सञ्चालन गरिँदै आएको छ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासका अनुसार वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अपनाउँदै जनधन तथा वनको क्षति कम गर्ने उद्देश्यले चैत १ गतेदेखि ७ गतेसम्म सप्ताह सञ्चालन गरिएको हो।

सप्ताहअन्तर्गत समुदायस्तरमा वन डढेलो रोकथामसम्बन्धी सचेतना अभिवृद्धि, फायर लाइन सरसफाइ, नमुना अभ्यास, पातपतिङ्गर व्यवस्थापन तथा सुरक्षित रूपमा जलाउने जस्ता कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

यस क्रममा वन कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरी डढेलो नियन्त्रणमा सहकार्य र समन्वयलाई जोड दिइएको कार्यालय प्रमुख दासले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित