जेष्ठ २८, डेस्क । झापामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका–३ मावापुलस्थित सडकमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।





