टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घट्नास्थलमै मृत्यु

|

जेष्ठ २२, डेस्क। टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको घट्नास्थलमै मृत्यु भएको छ।

राजविराजको मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका– १ फुलजोरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आज मंगलबार बिहान गाईघाटबाट पूर्व जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको प्र. १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले ठक्कर दिँदादुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएका छन्।

उदयपुरका एसपी रमेश थापाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको मृत्यु भएको हो। प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर यस घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित