जनकपुरधाममा मिटर ब्याज पीडितमाथि प्रहरीले गरे अन्धाधुन लाठी चार्ज

|

जेष्ठ २२, डेस्क। मिटर ब्याज पीडितहरु आफ्नो समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको मुख्यद्वारमा धर्ना दिइरहेका पीडितहरुमाथि धनुषा प्रहरीले अन्धाधुन लाठी चार्ज गरेका छन् ।

विभिन्न पालिकाबाट जनकपुरधाम पुगेका मिटर ब्याज पीडितहरुलाई मुख्यद्वार छाडेर धर्नामा बस्न भनेपछि पीडितहरुले धनुषा प्रहरी प्रमुख (एसपी) माथि हातपात गर्ने प्रयास गरेपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना अधिकारीले जानकारी दिएका छन्। सयौंको संख्यामा जिल्ला प्रहरी कार्यालय पुगेका महिला तथा पुरुष मिटर ब्याज पीडितहरुमाथि प्रहरीले अन्धाधुन लाठी चार्ज गरेको यस भिडिओमा स्पष्ट देखिन्छ ।

लाठी चार्जबाट दर्जनौ मिटर ब्याज पीडितहरु सामान्य देखि गम्भीर घाइते भएका छन् । मिटर ब्याज सम्वन्धी समस्या सामाधानकालागि सरकारले अलगै आयोग गठन गरेका थिए । भने अहिले जिल्ला प्रहरी कार्यालयलाई मिटर ब्याज सम्वन्धी समस्या समाधानको जिम्मेवारी दिएका छन्। मिटर ब्याज सम्वन्धी समस्या समाधानमा जिल्ला प्रहरी कार्यालयले कुनै सुनुवाई नगरेको र कुनै पनि चासो नलिएको कारण आफुहरु बाध्य भएर धर्नामा बसेका थिए।

समस्या समाधानका लागि जिल्ला प्रहरी पुगेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले गरेको लाठी चार्जको चौतर्फी आलोचना भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित