पोखरा : ओभरटेक गर्दा टिप्परसँग मोटरसाइकल ठोकिएर एक जनाको मृत्यु

|

जेष्ठ २१, डेस्क। पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने अर्का एक जना घाइते छन् ।

पोखरा-१३ गौडाको मुखमा ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए ।

घाइते रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक कार्यालयका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिएका छन्। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित