काभ्रे : फलामको तारले रुखमा बाँधेर आगो लगाइएको अवस्थामा एक युवकको शव फेला

|

वैशाख २८, डेस्क। काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले बताएका छन्।

युवकको शरिरका विभिन्न भागमा फलामको तारले रुखमा कसिएको र त्यसलाई आगो लगाइएको अवस्थामा शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ । ‘शव सडिसकेको अवस्थामा फेला परेको छ । शवको मुख, छाती र खुट्टामा तारले बाँधेको अवस्था छ र उनको शरिरमा आगो लगाएको पाइएको काभ्रे प्रहरी प्रमुख डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उक्त घटना करिब १५/२० दिन अघि नै घटेको देखिन्छ । करिब २५ वर्षको उमेर समूहका जस्ता देखिने ती युवकको शव फेला परेको खबर आउनासाथ प्रहरीको टोली त्यसतर्फ खटिएको काभ्रे प्रहरीले जनाएको छ । त्यस्तै घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित