वनमा आगो लगाउने अभियोगमा दुई जना पक्राउ

|

वैशाख २७, डेस्क। वनमा आगो लगाउने अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्विचरण नगरपालिका-११ नगर पार्क एरियामा रहेको ऐ.ऐ. बस्ने वर्ष २६ को महेश बि.क. र वर्ष २३ को सुजन बि.क.लाई प्रहरीले पक्राउ गरेको छ।

सिद्विचरण नगरपालिका-११ नगर पार्क एरियामा रहेको ऐ.ऐ. बस्ने मिनु माया गुरुङको निजि वन (खरबारी) मा आगो लगाई क्षती पुर्याएको भन्ने निज मिनु माया गुरुङले अपराधिक उपद्रव (आगो लगाएको) कसुरमा दिएकी जाहेरीको आधारमा उक्त कसुरमा संलग्न रहेको अभियोगमा दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएका छन्।

प्रहरीले ओखलढुंगा जिल्ला अदालतबाट ४ दिनको म्याद थप लिई यस घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित