नक्कली लाइसेन्स प्रकरणमा दुई जना पक्राउ

|

वैशाख २५, डेस्क। नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे रहेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार आज पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया रहेका हुन् ।

पक्राउ परेकाहरूविरुद्ध सीआईबीले कीर्तेको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित