बैशाख २२,डेस्क। अपरिचित मान्छेको अपहरणमा परेका महोत्तरीका एक युवकलाई प्रहरीले अपहरणमुक्त गराएको छ ।
औरही नगरपालिका वडा नम्बर ३ घर भइ हाल जनकपुर नगरपालिका आनन्दनगरमा डेरा गरी बस्दै आएका १७ वर्षीय अमन कुमार यादवलाई प्रहरीले अपहरणमुक्त गराएको हो ।
युवक एसइईपछि जनकपुरमा पढ्दै आइरहेका थिए । बिहान ३ /४ बजेको समयमा अपरिचित समूह आएर उनलाई कुटपिट गर्दै अपहरण गरेपछि सोही घरमा बस्ने अन्य व्यक्तिले अमन कुमारको घरमा जानकारी गराएका थिए ।त्यसपछि अमनकुमारको परिवारले प्रहरीलाई तुरुन्तै खबर गरेका थिए।
नेपाल भारतको सीमानामा पुगेपछि अपहरणकारी भ्यान छोडेर भागेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराजा कडरीया र एसपी भुवनेश्वर तिवारीको नेतृत्वले उनलाई उद्धार गरेको हो । अहिले ति युवकलाई प्रादेशिक अस्पतालमा सामान्य चेकजाँचपछि अनुसन्धानका लागि जनकपुर लगिएको छ ।
थप कुराकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





