चैत्र ०१, डेस्क । सिरहामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेको छ ।
घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको आज साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताएका छन।
डिएसपी पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको छ । भने श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।





