बैंकका कार्यालय सहयोगीले मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा पक्राउ

|

फाल्गुण ०३, डेस्क। मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो।

पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर पेन्सन भने आफैंले लिने गरेको प्रहरीको भनाइ रहेको छ।

प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

 

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित