सिरहाबाट लागूऔषध कारोबार गरेको आरोपमा बुबा र दुई छोरा पक्राउ

|

माघ १९, डेस्क । लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका दुई छोरा वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् ।

लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पकाउ गरेको हो ।

उनीहरु बसिरहेको कोठामा खानतलासी गर्दा लागूऔषध प्रतिबन्धित कोडबिल १५ बोतल, Wixdin १०० ml को ६५ बोतल, डाईजाफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल, नुरफ्रेन ६ एम्पुल प्रहरीले बरामद गरेको छ । साथ‌ै नगद १ लाख ३९ हजार बरामद गरि थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित