माघ १५,डेस्क । यदि तपाइको छोरा छोरी पनि होस्टेलमा बस्छ भने सावधान रहनुहोला। किनभने होस्टेलको लापरबाहीले एक जना परिवार आफ्नो २२ बर्षीय छोरा गुमाएको छ।
गत आइतवार राती १ देखि २ बजेको समयमा होस्टलबाट निक्लेको दुई विद्यार्थीहरुको मृत्यु भएको छ। तर मृतकका आफन्तले घटनालाइ शंकाष्पद बताएको छ।
आइतवार बिहान मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो। घटनामा बाराका एक जना बिडिएसका छात्र र धनुषाको सबैला वडा नंं ५ मखनाहाका २२ वर्षिय एमबिबिएस दोस्रो वर्षमा अध्यन्नरत सुमित यादवको पनि मृत्यु भएको छ। मृतक यादवका जेठा दाजु आशिष कुमार यादवले राती २ बजे मेरो विद्यार्थी होस्टल बाहिर जाँदा पनि अभिभाबकलाइ खबर नगरेको गुनासो गर्दै संका व्यक्त गरे ।
उनि भन्छन मेरो भाइ राती के कारण र कति बजे होस्टलबाट बाहिर निस्क्यो ? मलाई जानकारी र सिसिटिभी फुटेज देखाउनु भन्दा कलेज प्रशासनले आनाकानी गर्दै आएका छन्। आफनो भाईको नियोजित रुपमा हत्या भएको हुन सक्ने उनीहरुको संका छ।
कलेजको लापरवाहीले नै मेरो भाइको मिर्त्यु भएको उनि ठोकुवा गर्दै आएका छन्। भने घटनाको सही तरिकाले अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याईनु पर्ने बताए । एता जिल्ला प्रहरी कार्यालय पर्षाको एस पी संग कुराकानी गर्दा ओभर स्पीडको कारण दुर्घटना भएको बताएको छ। तर पिडित परिवारले भने मैले आफ्नो बिद्यार्थी होस्टललाइ जिम्मा लगाएको थिए। यदि होस्टलले राति २ बजे निस्कन नदिएको भए मेरो बच्चा संग दुर्घटना हुने थिएन भने कुराहरु राख्दै आएका छन्।
यस बारेमा कलेज प्रशासनले आफुहरुबाट लापरवाही भएको भनि स्वीकारर गरेर मात्र हुदैन। दुईजनाको ज्यान गएको छ, मृतकका दाजु आशिषले भने, ‘खेत बेचेर आफ्नो छोरालाई दोस्रो वर्षमा अध्यन्नरत रहँदा ४० लाख रुपैया कलेजलाई बुझाएको जस्मा सुरक्षा र अन्य खर्च समेत रहेको उनले बताएका छन्।’ यस कलेजमा पढ्ने बिद्यार्थी अनिवार्य रुपमा कलेजको होस्टलमा बस्नु पर्ने नियम छ।





