सवारी चालक अनुमतिपत्र छपाइ ‍रोकिँदैन -मन्त्री प्रकाश ज्वाला

|

पुस २९,डेस्क। भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन्।

ड्राइभिङ स्कुल सङ्घको पाचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताएको छ।

‘हिजो मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण गर्ने काम नरोकिने गरी अघि बढाउँछौँ,’ उनले बताएका छन्।

माघ १ गतेदेखि सम्म १३ लाख कार्ड छपाइमा जाने र त्यसपछि समस्या हट्दै जाने उनले बताएक छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित