मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

|

असार ०४, डेस्क । मोरङमा चट्याङ लागेर एक जना किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवामाइ नगरपालिका-४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै यस घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित